राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ 'मार्की प्लेयर' को रूपमा एफसी चितवन क्लबमा आबद्ध

 असोज १०, २०८० बुधबार २०:३०:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल सुपर लिग (एनएसएल) फुटबलको आउँदो सिजनका लागि नेपाली राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ मार्की प्लेयरको रूपमा एफ सी चितवन क्लबमा आबद्ध भएका छन् ।

गेम वान प्राली अन्तर्गतको एफ सी चितवन क्लबका अध्यक्ष सचिन ढकाल र गोलकिपर विशाल श्रेष्ठबीच यो आबद्धतामा सहमति भएको हो । 

नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिगको रूपमा रहेको एनएसएल आउँदाे मङ्सिर ८ देखि पुस १४ गतेसम्म काठमाण्डाैकाे दशरथ रङ्गशालामा आयोजना हुँदैछ ।

एनएसएलमा नेपालका ९ वटा फ्रेन्चाइज टिमहरू– एफसी चितवन, काठमाण्डाै रेजर्स, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, वीरगञ्ज युनाइटेड, झापा एफसी र स्पोर्टिङ इलाम टिमले प्रतिस्पर्धा गर्दै छन् ।

अन्तिम अपडेट: असोज २०, २०८०

तपाईको प्रतिक्रिया