नेपाल भारतसँग पेनाल्टी शुटआउटमा पराजित

 असोज १०, २०८० बुधबार १९:४८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – १९ वर्षमुनिकाे साफ च्याम्पियनशिप फुटबलकाे सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएकाे छ ।

आज बुधवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा नेपाल पेनाल्टी शुटआउटमा भारतसँग ३–२ गाेलले पराजित भयाे । निर्धारित ९० मिनेटकाे समयमा १–१ गाेलकाे बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे ।

अब भारतले फाइनलमा पाकिस्तानसँग खेल्नेछ । फाइनल खेल शनिवार हुनेछ ।

अन्तिम अपडेट: कात्तिक ९, २०८०

तपाईको प्रतिक्रिया