तान्जानियामा धानबाली जोगाउन लाखौँको सङ्ख्यामा क्वेलिया चरा मारियो

 असोज ११, २०८० बिहीबार ६:३४:२७ | एजेन्सी
unn.prixa.net

तान्जानियाले धानबाली नष्ट हुन नदिन लाखौँको सङ्ख्यामा क्वेलिया अर्थात् रातो चुच्चो भएको भँगेरा जस्तै देखिने समूहमा घुम्ने पक्षी मारेको छ ।

धानबाली जोगाउन र व्यावसायिक खेतीको अनुगमनका लागि ड्रोन र विमानको प्रयोग गरी ठूलो समूहमा घुम्ने चरा मारेको तान्जानियाको बोटबिरुवा र किटनाशक औषधि निगरानी निकायले जनाएको छ ।

तान्जानिया बोटबिरूवा स्वास्थ्य तथा किटनाशक प्राधिकरण (टीपीएचपीए) ले गएको हप्ता झण्डै एक हजार हेक्टरमा लगाइएका व्यावसायिक बालीहरू खतरामा परेको भन्दै मन्याराको उत्तरी क्षेत्रमा ५० लाख क्वेलिया चराहरू मारेको जनाएको छ ।

५० लाख विनाशकारी चराको झुण्ड मारेको र अब अन्य क्षेत्रको निगरानी गरिरहेको टीपीएचपीएका कार्यवाहक महानिर्देशक जोसेफ नन्डुन्गुरुले बताउनुभएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ । ठूला समूहमा ओहोरदोहोर गर्ने स–साना रातो चुच्चो भएका चराहरूले त्यहाँ बाली नाश गर्दै आएका छन् ।

टीपीएचपीएका अनुसार यी चराको समूहले एकै दिनमा ५० टनभन्दा बढी अन्नबाली नष्ट गर्न सक्ने क्षमता राख्छन् । क्वेलिया चराहरू विश्वमा सबैभन्दा धेरै प्रजातिका चराहरू मानिन्छन् । अफ्रिकाभरका सरकारहरूले विगतमा पनि यी चरालाई नियन्त्रण गर्न विभिन्न प्रयास गर्दै आएका थिए ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया