यूएस ओपन फुटबलको उपाधि ह्युस्टन डाइनामोलाई : मेस्सी विना खेलेको इन्टर मियामी पराजित

 असोज ११, २०८० बिहिबार ११:२४:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यूएस ओपन फुटबलको उपाधि ह्युस्टन डाइनामोले जितेको छ । आज बिहान भएको फाइनल खेलमा इन्टर मियामी २–१ गोलले पराजित भयो ।

चोटका कारण कप्तान लियोनल मेस्सीले फाइनल खेल खेलेका थिएनन् । डाइनामोले खेलको पहिलो हाफमै २–० गोलको अग्रता बनाएको थियो ।

दोस्रो हाफको इन्जुरी समयमा मियामीले एक गोल फर्काए पनि जितका लागि पर्याप्त भएन । इन्टर मियामीले यसअघि लिग्स कपको उपाधि जितेको थियो ।
 

अन्तिम अपडेट: असोज २१, २०८०

तपाईको प्रतिक्रिया