भारतकाे ‘हरित क्रान्ति’ का वैज्ञानिक स्वामीनाथनको निधन

गहुँको नयाँ प्रजाति आविष्कार र उत्पादन वृद्धिमा ठूलो योगदान

 असोज ११, २०८० बिहीबार १३:५४:३२ | एजेन्सी
unn.prixa.net

भारतमा ‘हरित क्रान्ति’ का वैज्ञानिक डाक्टर एमएस स्वामीनाथनको ९८ वर्षको उमेरमा निधन भएको छ । उहाँको आज बिहीवार चेन्नईमा निधन भएको बीबीसी हिन्दीले जनाएको छ ।

स्वामीनाथनलाई भारतको लोकप्रिय वैज्ञानिकको रूपमा चिनिन्छ । गहुँको उत्कृष्ट प्रजाति आविष्कार र खेतीका लागि सिफारिस गर्ने उहाँ पहिलो व्यक्ति हुनुहुन्थ्यो । यसले भारतमा गहुँ उत्पादनमा ठूलो वृद्धि भएको छ ।

स्वामीनाथन पद्मश्री, राेमन म्यागासेसे, विश्व खाद्य लगायत दर्जनौँ राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुभएको छ । किसानको अवस्था सुधार र कृषि प्रवर्धनका लागि उहाँले सरकारलाई विभिन्न सिफारिस गर्नुभएको थियो तर अहिलेसम्म पनि ती सिफारिस पूर्णरूपमा कार्यान्वयन हुन सकेका छैनन् ।

सरकारले उहाँको माग सम्बोधन गर्न आयोगको नाम नै स्वामीनाथन राखेको थियो । तर आयोगको सिफारिस कार्यान्वयन नहुँदा किसानले पटक पटक आन्दोलन गर्दै आएका छन् ।

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया