एसियाली खेलकुद : महिला फुटबलमा नेपाल र बङ्गलादेशले बराबरी खेले

 असोज ११, २०८० बिहिबार १५:५९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – १९ औँ एसियाली खेलकुद अन्तर्गत महिला फुटबलमा नेपाल र बङ्गलादेशले बराबरी खेलेका छन् ।

आज बिहीवार चीनको वानझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा भएको खेलमा दुवै टोलीले १/१ गाेल गरे । पहिलो हाफमा बङ्गलादेशकी सबिना खातुनले गोल गरेर अग्रता दिलाए पनि दोस्रो हाफमा नेपालकी रेखा पौडेलले गोल गरेर खेल बराबरीमा ल्याइन् ।

नेपाल र बङ्गलादेशले यसअघिका दुवै खेल हारिसकेकाले यो खेल प्रतिष्ठाका लागि मात्रै थियो । समूह चरणको आफ्नो पहिलो खेलमा नेपाल भियतनामसँग २–० र अर्को खेलमा जापानसँग ८–० ले पराजित भएको थियो । यस्तै बङ्गलादेश पहिलो खेलमा जापानसँग ८–० र भियतनामसँगको खेलमा ६–१ गोलले पराजित भएको थियो ।

अन्तिम अपडेट: कात्तिक १५, २०८०

तपाईको प्रतिक्रिया