बलात्कारको आरोप लागेका श्रीलङ्काका क्रिकेटर दनुष्काले पाए सफाइ

 असोज ११, २०८० बिहिबार १६:३५:१६ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – बलात्कारको आरोप लागेका श्रीलङ्काका क्रिकेटर दनुष्का गुनाथिलाकालाई अदालतले सफाइ दिएको छ ।

गएको वर्षको नोभेम्बरमा अस्ट्रेलियामा भएको टी–२० विश्वकपका क्रममा एक जना महिलालाई बलात्कार गरेको आरोप लागेपछि उनी पक्राउ परेका थिए । एक महिलालाई उनकै घरमा पुगेर बलात्कार गरेको भन्दै उजुरी परेपछि उनी विश्वकप चलिरहेकै बेला पक्राउ परेका थिए ।

३२ वर्षीय दनुष्कामाथि शुरुमा बलात्कारको आरोप लागेको थियो, पछि भने पीडित भनिएकी महिलाले यौनसम्पर्ककै बखत कण्डम निकालेर सम्बन्धलाई असुरक्षित बनाएको आरोप लगाएकी थिइन् । अस्ट्रेलियाको न्यु

साउथ वेल्स जिल्ला अदालतमा चार दिने सुनुवाइका क्रममा उजुरी गर्ने महिलाले आफूले क्रिकेटरसँग सुरक्षित सम्बन्ध राख्न सहमति दिए पनि पछि असुरक्षित बनाएको बताएकी बीबीसीले जनाएको छ । यस्तै दनुष्काले जबरजस्ती चुम्बन गर्दा आफू निसासिएको र ज्यान जोखिममा परेको पनि महिलाको आरोप थियो । आरोपी महिलाले पटक–पटक बयान फेरेको तर दनुष्काले भने घटनाका विषयमा साँचो बयान दिएको अदालतले जनाएको छ ।

श्रीलङ्काका लागि ८ टेस्टसहित १०० खेल खेलेका दनुष्काले फेरि क्रिकेटमा फर्किने बताएका छन् । अदालतबाहिर उनले भने, ‘यो फैसलाले सबै कुरा बताउँछ । मेरो जीवन फेरि सामान्य हुनेमा म खुशी छु । अब म फेरि क्रिकेट खेल्ने प्रतीक्षा गरिरहेको छु ।’

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया