पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै - विश्वकप अघि हिजो भएको अभ्यास खेलमा न्युजिल्यान्ड र बङ्लादेश विजयी भएका छन् । न्युजिल्यान्डले पाकिस्तानलाई ५ विकेटले हरायो ।
जितका लागि ३ सय ४६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४३ ओभर ४ बलमा ५ विकेट गुमाउँदै भेट्टायो । न्युजिल्यान्डका युवा अलराउन्डर रचिन रविन्द्रले सर्वाधिक ९७ रन बनाए । मार्क च्यापम्यान ६५ रनमा अविजित रहे । डर्याल मिचेल ५९ र केन विलियम्सन ५४ रनमा आउट भए ।
पाकिस्तानका उस्मान मिरले २ विकेट लिए । हसन अली, अघा सलमान र मोहम्मद वासिमले समान एक विकेट लिए । त्यसअघि हैदराबादमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ४५ रन बनाएको थियो । उसका मोहम्मद रिजवानले १ सय ३ रनको शतकीय पारी खेले पनि टोलीको हार टार्न सकेनन् । कप्तान बाबर आजम ८० रनमा र साउद सकिल ७५ रनमा आउट भए । न्युजिल्यान्डका मिचेल सान्टनारले २ विकेट लिए । लोकी फर्गुसन, म्याट हेनरी र जेम्श निसमले समान एक विकेट लिए ।
त्यस्तै, बङ्लादेशले श्रीलङ्कालाई ७ विकेटले हरायो । जितका लागि २ सय ६४ रनको लक्ष्य पछ्याएको बङ्लादेशले ४२ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो । बङ्लादेशका तानजिद हसनले सर्वाधिक ८४ रन बनाए। मेहेदी हसन मिराज ६७ रनमा अविजित रहे । लिटनकुमार दास ६१ रनमा आउट भए ।
श्रीलङ्काका दुशान हेमान्था, दुनिथ वेलालागे र लाहिरु कुमाराले समान एक विकेट लिए । त्यसअघि गुवाहाटीमा टस जितेर पहिला ब्याटिङ गरेको श्रीलङ्का ४९ ओभर १ बलमा २ सय ६३ रनमा अलआउट भएको थियो । श्रीलङ्काका पाथुम निसाङ्काले सर्वाधिक ६८ रन बनाएका थिए । धनञ्जय डी सिल्भा ५५ रनमा आउट भए । बङ्लादेशका मेहेदी हसनले सर्वाधिक ३ विकेट लिए ।
हिजोका लागि तय भएको अफगानिस्तान र दक्षिण अफ्रिकाबीचको अभ्यास खेल वर्षाका कारण रद्द भएको थियो ।
आज घरेलु टोली भारत र इङ्ल्यान्ड तथा अस्ट्रेलिया र नेदरल्यान्ड्सबीच अभ्यास खेल हुनेछ । यी खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे शुरु हुनेछन् । १३औँ संस्करणको विश्वकप क्रिकेट आउँदो अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखसम्म भारतका विभिन्न सहरमा हुँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।