अमेरिकाको न्युयाेर्कमा आँधीका कारण आपत्कालीन अवस्थाकाे घोषणा

 असोज १३, २०८० शनिबार ७:२९:३१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकाको न्युयाेर्कमा आँधीका कारण आपत्कालीन अवस्था घोषणा गरिएको छ । न्युयोर्क सहरमा शक्तिशाली आँधीपछिको बाढीका कारण आपत्कालीन अवस्थाकाे घोषणा गरिएको हो । त्यहाँ मुख्य गरी सडक र विमानस्थल अस्तव्यस्त भएको छ ।

लागार्डिया एअरपोर्टको एउटा टर्मिनल बाढीपछि बन्द गरिएको बीबीसीले जनाएको छ । जनजीवन प्रभावित भएको छ । केही क्षेत्रमा पाँच इन्च अर्थात् १२ दशमलव ७ सेन्टिमिटरसम्म पानी परेको छ । न्युयोर्कका गभर्नर क्याथी होचुलले मानिसलाई सुरक्षित रहन र बाढी पसेका सडकमा यात्रा नगर्न आग्रह गर्नुभएको छ ।

हवाई यात्रुलाई पनि यात्रा गर्नुपूर्व अधिकारीसँग सोधीखोजी गर्न अनुरोध गरिएको छ । बाढीमा फसेका ६ जनाको उद्धार भएको र थप क्षतिको विवरण प्राप्त नभएको उद्धारमा संलग्न अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया