बढ्दो तौलका कारण न्युयोर्क सहर वर्षेनी भासिँदै गएको प्रतिवेदन सार्वजनिक

 असोज १३, २०८० शनिबार १७:५१:० | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अमेरिकाको न्युयाेर्क सहरमा बाढीका कारण आपतकाल घोषणा भएको छ । आँधीपछि आएको बाढीका कारण जनजीवन प्रभावित भएपछि न्युयाेर्कका गभर्नर क्याथी होचुलले आपतकाल घोषणा गर्नुभएको बीबीसीले जनाएको छ । लगातार ठूलो वर्षा भएपछि न्युयाेर्कका सडक र बस्तीमा बाढी पसेको छ । सडक, विद्युत लगायतका सेवा अवरोध भएकाे बीबीसीले जनाएको छ ।

न्युर्योकको जनजीवन ठप्प जस्तै भएको छ । यसैबीच अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बढ्दो तौलका कारण न्युयोर्क सहर लगातार डुबिरहेको प्रतिवेदन सार्वजनिक गरेको छ । नासाको जेट प्रोपल्सन ल्याबोरेटरी र रुटजर्स युनिभर्सिटीले संयुक्त रुपमा तयार पारेको प्रतिवेदनमा सन् २०१६ देखि २०२३ सम्ममा लागार्डिया विमानस्थल ४ दशमलव ६ मिलिमिटर डुबिसकेको उल्लेख छ । जमिन तलतिर जाँदै गर्दा समद्रको सतह माथि आउन थालेको अध्ययनको निष्कर्ष छ ।

प्रतिवेदनमा अनुसन्धानकर्ताहरूले न्युयाेर्कको तटीय क्षेत्रलाई बाढीबाट जोगाउन निरन्तर चुनौती रहेको उल्लेख गरेका छन । न्युयाेर्क सहरका १० लाखभन्दा बढी भवनको तौल झण्डै १७ ट्रिलियन पाउण्ड रहेको र जसका कारण सहर बिस्तारै भासिँदै गएको प्रतिवेदनमा भनिएको छ । उपग्रहको रडारबाट डाटा प्रोसेसिङ प्रविधि प्रयोग गरिएको अध्ययनले पछिल्लो वर्षहरुमा न्युयाेर्कको सहरी क्षेत्रमा हरेक वर्ष झण्डै एक दशमलव ६ मिलिमिटर सतह तल जान थालेको देखिएको प्रतिवेदनमा उल्लेख रहेको सीएननले जनाएको छ । 

अन्तिम अपडेट: असार ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया