अजरबैजानले नागोर्नो–काराबाख क्षेत्र कब्जा गरेपछि एक लाखभन्दा धेरै आर्मेनियाली पलायन

 असोज १३, २०८० शनिबार २०:११:५ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अजरबैजानले नागोर्नो–काराबाख क्षेत्र कव्जा गरेपछि एक लाखभन्दा धेरै आदिवासी आर्मेनियाली पलायन भएका छन् । एक हप्ता अघि अजरबैजानले कब्जा गरेपछि आर्मेनियाली आफ्नो बाहुल्यता भएको ठाउँबाट पलायन भएका हुन् । नागोर्नो–काराबाखको अनुमानित १ लाख २० हजार जनसंख्या मध्ये १ लाख ४ सय १७ जना पलायन भइसकेका अर्मेनियाका प्रधानमन्त्रीका प्रवक्ता नाजेली बग्दासर्यानलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अजरबैजानले त्यहाँका बासिन्दालाई समान व्यवहार गर्ने बताए पनि अर्मेनियालीहरुले विश्वास नगरेका हुन् । शरणार्थीसम्बन्धी  संयुक्त राष्ट्रसङ्घीय निकाय युएनएचसीआरले पनि  एक लाख आदिवासी आर्मेनियाली पलायन भएका जनाउँदै उनीहरूलाई तत्काल मानवीय सहायता आवश्यक परेको बताएको छ ।

अजरबैजानी सैन्य कारबाहीका क्रममा मारिएका बाहेक नागोर्नो–काराबाखमा इन्धन डिपोमा भएको विस्फोटमा पनि कम्तीमा १ सय ७० जनाको ज्यान गएको थियो । गएको बिहीवार अजरवैजानले  नागोर्नो काराबाख क्षेत्र आफ्नो अधिनमा आएको घोषणा गरेको हो । नागोर्नो–काराबाखका स्वतन्त्रता पक्षधर आर्मिनियाली नेता सम्वेल शाहरामन्यानले सन् २०२४ को जनवरी १ देखि यसको अस्तित्व समाप्त हुने घोषणा गर्नुभएको छ ।

अजरबैजानको भूभागको रूपमा अन्तरराष्ट्रिय मान्यता दिइएको नागोर्नो–काराबाख विगत तीन दशकदेखि आदिवासी आर्मेनियालीहरूको नियन्त्रणमा थियो । सन् १९८८ मा आर्मेनिया र अजरबैजानबीच शुरु भएको द्वन्द्वको मुख्य कारण तत्कालीन सोभियत संघ टुक्रिएपछि भएको युद्धमा आफूले जितेको भूभाग आफ्नै नियन्त्रणमा हुनुपर्ने आर्मेनियाको अडान थियो। 

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया