माल्दिभ्सको राष्ट्रपतिमा चीन निकट मानिने मोहम्मद मुइज्जु विजयी

 असोज १४, २०८० आइतबार ९:८:३८ | एजेन्सी
unn.prixa.net

माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु विजयी हुनुभएको छ । दोस्रो चरणमा वर्तमान राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहलाई हराउँदै मुइज्जु नयाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुई लाख ८२ हजार मतदाता रहेको माल्दिभ्समा ७८ प्रतिशत मत खसेको थियो ।

पहिलो चरणमा जम्मा ४६ प्रतिशत मात्रै मत खसेपछि राष्ट्रपति पदका लागि चाहिने मत कुनै पनि उम्मेदवारले हासिल गर्न नसकेपछि दोश्रो चरणको मतदान भएको हो ।

राष्ट्रपति पदमा निर्वाचित भएपछि देशवासीको नाममा सम्बोधन गर्दै नवनियुक्त राष्ट्रपति मुइज्जुले नागरिकले दिएको मतको सम्मान गर्दै देशको अर्थतन्त्र पुनरुत्थानमा लाग्ने प्रतिबद्धता जनाउनुभएको छ ।

राष्ट्रपतिमा मुइज्जुको जितलाई माल्दिभ्स मात्रै नभएर छिमेकी देश र विश्वमा निकै चासोका साथ हेरिएको छ । मुइज्जु चीन निकट मानिनुहुन्छ । यो चुनावी मतपरिणामले माल्दिभ्सको विदेश नीतिमा उल्लेख्य प्रभाव पार्ने विश्लेषण गरिएको छ ।

माल्दिभ्समा राजनीतिक दलले खुलेर भारत वा चीनमध्ये एकको पक्ष लिने गरेका छन् । सन् २०१८ मा चुनाव जितेपछि सोलिहले भारतसँग नजिकिने नीति लिनुभएको थियो । त्यसअघि पीपीएम नेतृत्वको गठबन्धनले चीनतर्फ झुकाव राखेको थियो ।

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया