बङ्लादेशमा अघिल्लाे वर्षकाे तुलनामा डेङ्गी सङ्क्रमण चार गुणाले बढ्याे

 असोज १६, २०८० मंगलबार ९:४६:१२ | एजेन्सी
unn.prixa.net

बङ्लादेशमा डेङ्गीको सङ्क्रमण थप फैलिन थालेको छ ।

समाचार संस्था अल जजिराका अनुसार बङ्लादेशमा यसपालि डेङ्गीका कारण एक हजार जनाभन्दा धेरैको ज्यान गएको छ । यो अघिल्लो वर्षाको तुलनामा झण्डै चार गुणाले धेरै हो ।

पछिल्लो नौ महिनामा डेङ्गीका कारण बङ्लादेशमा एक हजार १७ जनाको ज्यान गएको र दुई लाखभन्दा धेरै सङ्क्रमित भएका तथ्याङ्क छ।

बङ्लादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले सन् २००० पछिको हरेक वर्षको तुलनामा डेङ्गीबाट ज्यान गुमाउनेको सङ्ख्या यस वर्ष उच्च रहेको जनाएको छ । 
 

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया