विश्वकप अघिको अभ्यास खेलमा अस्ट्रेलिया र अफगानिस्तान विजयी

 असोज १७, २०८० बुधबार ६:२८:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्वकप अघिको अभ्यास खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई र अफगानिस्तानले श्रीलङ्कालाई हराएको छ । हिजो भएको खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई १४ रनले हरायो । जितका लागि ३ सय ५२ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४७ ओभर ४ बलमा ३ सय ३७ रनमा अलआउट भयो ।

पाकिस्तानका कप्तान बाबर आजम सर्वाधिक ९० रनमा आउट भए । त्यस्तै, इफ्तिखर अहमदले ८३ रन जोडे । मोहम्मद नवाज ५० बनाएर आउट भए ।

अस्ट्रेलियाका मार्नस लाबुसेनले ३ विकेट लिए । मिचेल मार्श र प्याट कमिन्सले समान २/२ तथा ग्लेन म्याक्सवेल र शन एबोटले १/१ विकेट लिए । त्यसअघि हैदराबादमा टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ५१ रन बनाएको थियो ।

अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले सर्वाधिक ७७ रन बनाएका थिए । त्यस्तै, क्यामरन ग्रीनले ५० रन जोडे । पाकिस्तानका उस्मा मिरले २ विकेट लिए । हरिस रौफ, मोहम्मद वासिम जुनियर, शादब खान र मोहम्मद नवाजले समान १/१ विकेट लिए ।

त्यस्तै, अर्को खेलमा अफगानिस्तानले श्रीलङ्कालाई ६ विकेटले हरायो । गुवाहाटीमा पहिला ब्याटिङ गरेको श्रीलङ्का २ सय ९४ रनमा अलआउट भएको थियो । उसका कुशल मेन्डिसले सर्वाधिक एक सय ५८ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् ।

अफगानिस्तानका मोहम्मद नाबीले चार विकेट लिएका थिए । वर्षाले प्रभावित खेलमा अफगानिस्तानले ४२ ओभरमा २ सय ५७ रनको नयाँ लक्ष्य पाएको थियो । अफगानिस्तानले ३८ ओभर १ बलमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

भारत र नेदरल्यान्डबीचकाे हिजोको अभ्यास खेल भने वर्षाले हुन सकेन । भारतमा हुने एकदिवसीय विश्वकप भोलिदेखि शुरु हुनेछ । भोलि हुने पहिलो खेलमा इङ्ग्ल्यान्ड र न्युजिल्यान्डबीच खेल हुनेछ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया