अमेरिकी प्रतिनिधि सभाका सभामुख म्याकार्थी मतदानबाट पदमुक्त

 असोज १७, २०८० बुधबार ११:२४:५३ | एजेन्सी
unn.prixa.net

अमेरिकी प्रतिनिधि सभाका सभामुख केभिन म्याकार्थीलाई पदबाट हटाइएको छ । संसदमा भएको मतदानपछि रिपब्लिकन सभामुख म्याक्कार्थीलाई पदबाट हटाइएको हो ।

मतदानमा सभामुख म्याक्कार्थीलाई हटाउने पक्षमा २ सय १६ मत र नहटाउने पक्षमा २ सय १० मत परेको थियो । सभामुख म्याक्कार्थीले आफूविरुद्धको प्रस्ताव व्यक्ति लक्षित भएको टिप्पणी गर्नुभएको छ। रिपब्लिकन सांसद म्याट गेट्जले म्याकार्थीलाई निष्कासन गर्न सोमवार संसदमा औपचारिक प्रस्ताव दायर गर्नुभएको थियो ।

म्याक्कार्थी अमेरिकी इतिहासमा यसरी मतदानबाट हटाइएका पहिलो सभामुख बन्नुभएको छ । सभामुख पदमुक्त भएपछि संसदमा बजेटमाथिको छलफल प्रभावित हुने देखिएको छ । तत्कालका लागि रिपब्लिकन सांसद प्याट्री म्याकअन्रीलाई अन्तरिम सभामुख छानिएको बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया