सिन्धुपाल्चोकको मेलम्चीमा बाढीले अस्थायी पुल र सडकमा क्षति

 असोज १७, २०८० बुधबार ११:३५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले अस्थायी पुल र सडकमा क्षति पुर्याएको छ ।

लगातारको पानीका कारण आएको बाढीले मेलम्ची नगरपालिका–११ फट्टेमा बनाइएको अस्थायी पुलमा क्षति पुर्याएको हो ।

पुलमा क्षति पुगेपछि मेलम्ची नगरपालिका–७ र ८, हेलम्बु गाउँपालिका–२ र ३ तथा पाँचपोखरी–१ र २ वडाका बासिन्दा प्रभावित भएका छन् ।

पानी पर्न रोकिएपछि तत्कालै पुलको मर्मत थालिने मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङले बताउनुभएको छ।

त्यस्तै, बाढीले हेलम्बुमा चनौटे–इचोक सडक बगाउँदा यातायात सेवा बन्द भएको गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया