हिजबुल्लाहका एक सयभन्दा धेरै रकेट लन्चर नष्ट गरेको इजरायलको दाबी

 असोज ४, २०८१ शुक्रबार १८:२५:५५ | एजेन्सी
unn.prixa.net

तस्वीर : राेयटर्स

इजरायली सेनाले आफ्नो लडाकु विमानले लेबनानमा हवाई आक्रमण गरी हिजबुल्लाहले तयार पारेको एक सय वटाभन्दा धेरै रकेट लन्चर नष्ट गरेको दाबी गरेको छ ।

यी रकेट इजरायलतर्फ आक्रमण गर्नका लागि तयारी अवस्थामा राखिएका इजरायली रक्षा बल (आईडीएफ) ले बताएको बीबीसीले जनाएको छ । आईडीएफले दक्षिणी लेबनानमा रहेको हतियार गोदामहरूलाई पनि हवाई आक्रमणको निशाना बनाएको बीबीसीको खबरमा उल्लेख छ ।

लेबनानको सरकारी 'नेशनल न्युज एजेन्सी' ले इजरायलले हिजो बेलुका ५२ पटक हवाई आक्रमण गरेको र लेबनानले पनि उत्तरी इजरायलमा आक्रमण गरेको बताएको छ ।

यसअघि लेबनानमा पेजर र वाकीटकी विस्फोट हुँदा ३७ जनाको ज्यान गएको थियो भने तीन हजार जनाभन्दा धेरै घाइते भएका थिए ।

ताइवानले लेबनानको विद्रोही समूह हिजबुल्लाहका सदस्यले प्रयोग गर्दै आएका हाते पेजर विस्फोटमा स्पष्टीकरण दिएको छ । ताइवान सरकारले ती पेजरका पूर्जा आफ्नो देशमा नबनेको बताएको बीबीसीको खबरमा उल्लेख छ ।

पेजरहरू ताइनावमा बनेको खबर सार्वजनिक भएपछि ताइवानी कम्पनी 'गोल्ड अपोलोट' ले पेजर विस्फोट भएका उपकरण आफूले नबनाएको बताएको थियो ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया