'क्वान्टम डट' को खोजी गर्ने ३ जना वैज्ञानिकलाई रशायनशास्त्रतर्फकाे नाेबेल पुरस्कार

 असोज १७, २०८० बुधबार १६:४६:२३ | एजेन्सी
unn.prixa.net

यस वर्ष रसायनशास्त्रतर्फको नोबेल पुरस्कार न्यानोटेक्नोलजीमा योगदान पुर्‍याएबापत तीन जना वैज्ञानिकले पाउने भएका छन् ।

नोबेल पुरस्कार समितिले रसायन विधाको पुरस्कार मूङ्गी बावेन्डी, लुई ब्रुस र अलेक्सी एकिमोभलाई संयुक्त रूपमा दिने घोषणा गरेको हो । उनीहरूले 'क्वान्टम डट' को खोजी र संश्लेषण गरेका थिए । क्वान्टम डट भनिने सूक्ष्म कणका विशिष्ट गुणहरू हुन्छन् । तिनले अहिले टेलिभिजनको स्क्रिन र एलईडी बत्तीबाट आफ्नो प्रकाश फैलाउँछन् । तिनले रासायनिक प्रतिक्रियामा उत्प्रेरकको काम गर्छन् ।

यस्तै शल्यक्रिया गर्दा क्वान्टम डटको स्पष्ट प्रकाशले ट्युमरका कोषलाई देखिनेगरी उज्यालो पारिदिन सक्छ ।

यसअघि नोबेल पुरस्कार समितिले चिकित्साशास्त्र र भौतिकशास्त्रतर्फका विजेताको घोषणा गरिसकेको छ । अब भोलि साहित्यतर्फ र पर्सि शुक्रवार शान्तितर्फका विजेताका नाम घोषणा हुने नोबेल पुरस्कार समितिले जनाएको छ । अर्थशास्त्रतर्फका विजेताका नाम आउँदो सोमवार घोषणा हुनेछ ।

स्विडेनका उद्योगपति तथा रसायनशास्त्री अल्फ्रेड नोबेलले मृत्यु हुनु एक वर्षअगाडि सन् १८९५ मा नोबेल पुरस्कारको स्थापना गर्ने कुरा आफ्नो इच्छापत्रमा लेख्नुभएको थियो ।

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया