नर्वेका लेखकलाई नाेबेल साहित्य पुरस्कार

 असोज १८, २०८० बिहीबार १७:४७:५० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार नर्वेका लेखक युन फोसालाई प्रदान गरिने भएकाे छ ।

फाेसाकाे कृतिले ‘व्यक्त गर्न नसकिने कुरालाई नयाँ ढङ्गले नाटक तथा काव्यमा प्रस्तुत गरेकाले’ पुरस्कार दिइने भएको पुरस्कार छनाेट समितिले जनाएको छ । फोसाकाे शैलीलाई 'फोसा मिनिमलिजम' को सङ्ज्ञा दिइएको छ ।

सन् १९५९ मा जन्मिएका युन फोसाले ४० भन्दा बढी नाटक, उपन्यास, निबन्ध र बाल पुस्तकहरू लेखेका छन् । उनले अनुवादको क्षेत्रमा पनि योगदान दिएका छन् ।

यसअघि नोबेल पुरस्कार समितिले रसायनशास्त्र, चिकित्साशास्त्र र भौतिकशास्त्रतर्फका विजेताको घोषणा गरिसकेको छ । अब भोलि शुक्रवार शान्तितर्फका विजेताका नाम घोषणा हुने नोबेल पुरस्कार समितिले जनाएको छ । अर्थशास्त्रतर्फका विजेताका नाम आउँदो सोमवार घोषणा हुनेछ ।

स्विडेनका उद्योगपति तथा रसायनशास्त्री अल्फ्रेड नोबेलले मृत्यु हुनु एक वर्षअगाडि सन् १८९५ मा नोबेल पुरस्कारको स्थापना गर्ने कुरा आफ्नो इच्छापत्रमा लेख्नुभएको थियो ।

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया