पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इङ्ल्यान्डले न्युजिल्यान्डलाई २ सय ८३ रनकाे लक्ष्य दिएकाे छ ।
अहमदाबादमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे इङ्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८२ रन बनायाे । इङ्ल्यान्डका लागि जाेए रुटले सर्वाधिक ७७ रन बनाए । यस्तै कप्तान जाेस बटलरले ४३ र जाेनी बेयर्स्टाेले ३३ रन बनाए । बलिङतर्फ न्युजिल्यान्डका म्याट हेनरीले ३ तथा मिचेल स्यान्टनर र ग्लेन फिलिप्सले समान २ विकेट लिए । इङ्ल्यान्ड अघिल्लो संस्करण सन् २०१९ को विजेता र न्युजिल्यान्ड उपविजेता हो ।
१३ औँ संस्करणकाे प्रतियाेगिता आज बिहीवारदेखि शुरु भएकाे हाे । आजदेखि शुरु भएकाे विश्वकप आउँदो नोभेम्बर १९ तारिखसम्म ४६ दिन चल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।