रुससँगकाे युद्धका कारण युक्रेनमा १ सय ५१ अर्ब डलर बराबरकाे क्षति

 असोज १८, २०८० बिहीबार १९:२६:२४ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

रुससँगको युद्धका कारण युक्रेनमा एक खर्ब ५१ अर्ब अमेरिकी डलरभन्दा धेरै रकम बराबरकाे भौतिक पूर्वाधार ध्वस्त भएको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ ।

यो वर्षको सेप्टेम्बर महिनासम्म युक्रेनमा एक खर्ब ५१ अर्ब दुई करोड अमेरिकी डलर बराबरको प्रत्यक्ष क्षति पुगेको इन्टरफ्याक्स न्युज एजेन्सीले जनाएको छ । किभ स्कुल अफ इकोनोमिक्सको अध्ययनअनुसार युद्धबाट सबैभन्दा धेरै आवास क्षेत्र प्रभावित भएको छ । लगभग एक लाख ६७ हजार दुई सय वटा निजी घर, अपार्टमेन्ट भवन र छात्रावास नष्ट वा क्षतिग्रस्त भएका छन् ।

द्वन्द्व शुरु भएदेखि १८ वटा विमानस्थल र सिभिल एअरफिल्ड पनि ध्वस्त भएका छन् । यस्तै युक्रेनमा तीन सय ४४ वटा पुल र ओभरपास क्षतिग्रस्त भएका छन् । कम्तीमा चार सय २६ वटा ठूला र मध्यम आकारका उद्योग पनि ध्वस्त भएका खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया