बाइडेन प्रशासनले मेक्सिकोको सीमामा थप पर्खाल लगाउने

 असोज १९, २०८० शुक्रबार ६:५६:४६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने योजनालाई जो बाइडेन प्रशासनले अघि बढाउने घोषणा गरेको छ । मुख्य गरी गैरकानुनी प्रवेश रोक्न सीमा क्षेत्रमा आवश्यक व्यवस्थापनलाई बलियो बनाउने अमेरिकाले जनाएको छ ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका मन्त्री अलेजान्ड्रो मेयरकासले अमेरिकी फेडेरल रजिस्टरमा जारी गरेको सूचनामा गैरकानुनी प्रवेश रोक्नका लागि तत्काल अमेरिकाको सीमा क्षेत्रमा भौतिक अवरोध र सडक निर्माण आवश्यक रहेको उल्लेख छ ।

अमेरिका–मेक्सिको सीमाको उच्च अवैध प्रवेश क्षेत्र रियो ग्रान्डी भ्याली खण्डमा पर्खालको नयाँ खण्ड निर्माण गरिने मन्त्री मेयरकासले बताउनुभएको छ । यो आर्थिक वर्षमा अमेरिकामा दुई लाख ४५ हजारभन्दा धेरै व्यक्ति अवैधरूपमा प्रवेश गरेको तथ्याङ्क छ । तर अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२१ को जनवरीमा पदभार ग्रहण गरेकै दिन एक घोषणा गर्दै सीमामा पर्खाल निर्माण गर्न करदाताको थप रकम नछुट्याइने घोषणा समेत गर्नुभएको थियो ।

बाइडेनका लागि अवैध आप्रवासन एउटा प्रमुख राजनीतिक मुद्दा बनेको छ र विपक्षी रिपब्लिकनहरूले उहाँमाथि सीमा नीतिमा ढिलासुस्ती गरेको आरोप लगाउँदै आएका छन् ।

सन् २०२४ को राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार बनेका पूर्व राष्ट्रपति ट्रम्पले यो कदमलाई आफू सही रहेको देखाएको प्रतिक्रिया दिनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।  

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया