युक्रेनको खार्किभमा श्रद्धाञ्जलीसभामा रुसी आक्रमण, ५१ जनाको ज्यान गयो

 असोज १९, २०८० शुक्रबार ९:२६:२० | एजेन्सी
unn.prixa.net

युक्रेनको खार्किभ दक्षिणपूर्वी एउटा गाउँमा रुसले गरेको क्षेप्यास्त्र आक्रमणमा ५१ जना नागरिकको ज्यान गएको छ ।

ह्रोजा गाउँका उनीहरु एक जना आफन्तको श्रद्धाञ्जली सभामा सहभागी रहेका बेला आक्रमण भएको बीबीसीले जनाएको छ ।

आक्रमणमा एक आठ वर्षीय बालकसहित कम्तीमा ५१ जनाको ज्यान गएको युक्रेनले जनाएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणमा मारिएका व्यक्तिप्रति सम्मान व्यक्त गर्दै शवमाथि घुँडा टेकेर खिचिएको तस्बिर सार्वजनिक गर्नुभएको छ ।

गृहमन्त्री इगोर क्लाइमेन्कोले राष्ट्रिय टेलिभिजनलाई सम्बोधन गर्दै एक जना मृतकको सम्झनामा गाउँलेहरु श्रद्धाञ्जली सभामा रहेको र त्यहाँ आक्रमण भएको बताउनुभएको छ । 

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया