एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा बङ्लादेशलाई ९ विकेटले हराएर भारत फाइनलमा

 असोज १९, २०८० शुक्रबार १०:४६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा बङ्लादेशलाई हराउँदै भारत फाइनलमा पुगेको छ ।

चीनको हाङझाउमा आज भएको पहिलो सेमिफाइनल खेलमा भारतले बङ्लादेशलाई ९ विकेटले हरायो । टस हारेर पहिला ब्याटिङ गरेको बङ्लादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९६ रन बनाएको थियो । जितका लागि ९७ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ९ ओभर २ बलमा एक विकेट गुमाएर भेट्टायो ।

उसका कप्तान रितुराज गायकवाडले ४० र तिलक बर्माले ५५ रन बनाए । यसअघि भएको क्वाटरफाइनल खेलमा भारतले नेपाललाई २३ रनले हराएको थियो । अब भारतले फाइनलमा आज हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

दोस्रो सेमिफाइनलमा नेपाली समय अनुसार बिहान पौने १२ बजे पाकिस्तान र अफगानिस्तान खेल्दैछन् । फाइनल खेल भोलि हुनेछ ।

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया