भारतको उडिसामा स्क्रब टाइफसको सङ्क्रमण बढ्यो

 असोज २०, २०८० शनिबार ७:२१:१९ | एजेन्सी
unn.prixa.net

भारतको पूर्वी राज्य उडिसामा स्क्रब टाइफसको सङ्क्रमण बढ्दै गएको छ । सङ्क्रमण फैलिन थालेपछि स्वास्थ्य विभागले परीक्षणलाई तीव्रता दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्क्रब टाइफस ‘ओरिएन्टिया सुत्सुगामुशी’ नामक ब्याक्टेरियाबाट हुने रोग हो ।

डाक्टरका अनुसार यो सङ्क्रमण जङ्गली जनावरमा हुने किर्ना वा जुम्राको टोकाइबाट सर्ने गर्छ । स्क्रब टाइफसको सामान्य लक्षण ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने र कहिलेकाहीँ जिउ चिलाउने हुन्छ ।

उडिसाका स्वास्थ्य सेवा निर्देशक निरञ्जन मिश्रका अनुसार मिल्दोजुल्दो लक्षणबाट आठ जनाको ज्यान गएपछि अनुसन्धानलाई तीव्र पारिएको छ । उहाँका अनुसार यस वर्ष पनि उडिसा राज्यमा स्क्रब टाइफसको सङ्क्रमण बढेको छ । गएको वर्ष त्यहाँ झण्डै एक हजार ५ सय सङ्क्रमित भेटिएका थिए ।

सङ्क्रमणको शुरुवाती चरणमा रोग पहिचान हुन सकेमा सामान्य एन्टिबायोटिकको प्रयोगबाट उपचार गर्न सकिन्छ । तर सङ्क्रमण जटिल अवस्थामा पुगेमा बिरामीको ज्यानै जाने जोखिम हुने निर्देशक मिश्रले बताउनुभएको छ ।


 

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया