स्पेनका पूर्व राजा कार्लोस प्रथमविरुद्धको यौन दुर्व्यवहारको मुद्दा खारेज

 असोज २०, २०८० शनिबार ९:५८:१८ | एजेन्सी
unn.prixa.net

स्पेनका पूर्वराजा जुआन कार्लोस प्रथमलाई पूर्व प्रेमीले लगाएको यौन दुर्व्यवहारको मुद्दा लण्डनको एक अदालतले खारेज गरेको छ ।

यौन उत्पीडनको आरोपको मुद्दा लण्डनमा सुनुवाइ हुन नसक्ने न्यायाधिस रोवेना कोलिन्स राइसले फैसला सुनाएको बीबीसीले जनाएको छ।

इङ्ल्यान्डमा बस्ने डेनिस व्यवसायी कोरिना जु सायनले सन् २०१२ मा सम्बन्ध बिग्रिएपछि कार्लोसविरुद्ध १२ करोड ६० लाख पाउन्डभन्दा धेरै क्षतिपूर्ति माग गरी मुद्दा हाल्नुभएको थियो ।

‘इङ्ल्यान्ड र वेल्सको उच्च अदालतमा यो दाबीको सुनुवाइ गर्ने क्षेत्राधिकार छैन’ लिखित फैसलामा भनिएको छ । यो फैसलालाई पूर्वराजा कार्लोस प्रथमले स्वागत गर्नुभएको छ ।

सन् २०१४ मा गद्दी त्यागेका र अहिले ८५ वर्ष पुगेका पूर्वराजा कार्लोसले जासुसी र उत्पीडन गरेर आफूलाई ठूलो मानसिक पीडा दिएको सायनको आरोप छ।
 

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया