इजरायल र हमासबीच बिहानैदेखि गोलाबारी, युद्धका लागि तयार रहेको इजरायली सेनाको घोषणा

 असोज २०, २०८० शनिबार १४:३७:२८ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – इजरायल र हमासबीच बिहानैदेखि गोलाबारी चलिरहेको छ । बिहानैदेखि दुवै पक्षबाट ठूलो मात्रामा गोलाबारी र रकेट हानाहान भइरहेको छ । जवाफी कारबाही गरिरहेको इजरायलले युद्धका लागि तयार रहेको घोषणा गरेको छ । गाजा पट्टीबाट रकेट आक्रमण र इस्लामिक लडाकु समूह हमासका बन्दुकधारीहरु प्रवेश गरेपछि इजराइली प्रतिरक्षा फौज (आईडीएफ) ले युद्धका लागि तयार रहेको घोषणा गरेको बीबीसीले जनाएको छ ।

इजरायली सेनाले निकालेको विज्ञप्तिमा इजरायल युद्धका लागि तयार देशका रूपमा घोषणा गरेको उल्लेख छ । आईडीएफले देशका दक्षिण र मध्य क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित क्षेत्रको नजिक रहन र गाजा वरपरका बासिन्दाहरूलाई सुरक्षित अवस्थामा रहन भनेको छ ।

आईडीएफले गाजा पट्टीमा जवाफी आक्रमण गरिरहेको बताएको छ । हमासले गरेको अप्रत्याशित आक्रमणको झन्डै दुई घन्टापछि आईडीएफले जवाफी आक्रमण शुरु गरेको हो । गाजा पट्टीबाट इजरायलतर्फ हमासले गरेको रकेट आक्रमणमा परी मर्ने सङ्ख्या चार जना पुगेको छ । हमासले आफूहरुले २० मिनेटको अवधिमा झण्डै पाँच हजारवटा रकेट आक्रमण गरेको बताएको छ ।

सन् २००७ मा हमास सत्तामा आएपछि इजरायलले गाजामा प्रतिबन्ध लगाउँदै आएको छ । त्यसयता प्यालेस्टिनी लडाकु र इजरायलबीच पटक पटक युद्ध भएका छन् । 

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया