पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ – इजरायलले गाजावासीलाई घर छाड्न चेतावनी दिएको छ । हमासले गरेको आक्रमणलाई प्रतिशोध गर्ने भन्दै इजरायलले गाजामा बसिरहेका नागरिकलाई घर छाड्न चेतावनी दिएको हो । गाजाका मानिसहरू ज्यान जोगाउन सम्भव प्रयास गरिरहेका छन् । दक्षिण इजरायलमा साइरनका आवाजहरू सुनिएको छ । इजरायलको सेनाले देशभित्रका कैयौँ ठाउँमा लडाइँ चलिरहेको बताएको छ । गाजामा ज्यान गुमाउनेको सङ्ख्या २ सय ५० भन्दा धेरै पुगेको विभिन्न विवरणलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले विज्ञप्तिमार्फत् गाजामा विद्युत, इन्धन र सामानको आपूर्ति बन्द गर्ने जनाएको छ । गाजाबाट प्रहार गरिएका रकेट निस्तेज पार्न इजरायलले डोम एन्टी मिसाइल प्रविधिको प्रयोग गर्दै आएको छ । प्रधानमन्त्री नेतान्याहुले आफ्ना नागरिकलाई एउटा ‘लामो र अप्ठेरो युद्ध’ लडिरहेको बताउनुभएको छ । प्यालेस्टाइनी लडाकू समूह हमासले हिजोदेखि इजरायलमा हवाई, समुद्री र स्थल आक्रमण थालेको हो ।
अमेरिका, भारत र ईयूलगायत विश्व समुदायले यो आक्रमणको भर्त्सना गरेका छन् । विश्व समुदायले युद्ध अन्त्य र स्थायी शान्ति कायम गर्न दुवै पक्षसँग आह्वान पनि गरेका छन् । इरानले भने हमास समूहले इजरायलमाथि गरेको आक्रमणको समर्थन गरेको छ । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीका वरिष्ठ सल्लाहकारले आक्रमणलाई ‘गौरवपूर्ण अभियान’ भन्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।