डेभिड वार्नरले ताेडे सचिन तेन्दुलकरकाे 'रेकर्ड'

 असोज २१, २०८० आइतबार १८:४२:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – अस्ट्रेलियाका क्रिकेटर डेभिड वार्नरले भारतका पूर्वक्रिकेटर सचिन तेन्दुलकरकाे रेकर्ड ताेडेका छन् ।

वार्नरले आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा सबैभन्दा छिटाे १ हजार रन बनाउने कीर्तिमान बनाएका हुन् । भारतमा भइरहेकाे एकदिवसीय विश्वकप अन्तर्गत घरेलु टाेलीसँगकाे खेलमा उनले याे कीर्तिमान बनाएका हुन् । 

वार्नरले १९ पारीमा एक हजार रन पूरा गर्दै कीर्तिमान बनाएका हुन् । यसअघि एकदिवसीय विश्वकपमा सबैभन्दा छिटाे १ हजार रन पूरा गर्ने कीर्तिमान सचिन तेन्दुलकरकाे नाममा थियाे । उनले २० पारीमा याे कीर्तिमान बनाएका थिए ।

यस्तै दक्षिण अफ्रिकाका पूर्वक्रिकेटरले पनि एकदिवसीय विश्वकपमा २० पारीमा नै १ हजार रन पूरा गरेका छन् । वेस्ट इन्डिजका पूर्वक्रिकेटर भिभिएन रिचार्ड्स र भारतका पूर्वक्रिकेटर साैरभ गाङ्गुलीले समान २१ पारीमा एकदिवसीय विश्वकपमा १ हजार रन पूरा गरेका छन् ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया