‘विश्वभर नेपाली क्रिकेटको मार्केटिङ भइरहेको छ, लगानी गर्दा घा...
पुस ४, २०८१ बिहिबार
ठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद रघुजी पन्तले राजनीतिक दलहरू सच्चिनुपर्ने बताउनुभएको छ । गणतन्त्रविरुद्ध बोल्ने राजावादीहरूसँग सवालजवाफ गर्नेभन्दा पनि गल्ती गर्ने राजनीतिक दल र त्यसका नेताहरू सच्चिएर अघि बढनुपर्ने उहाँको भनाइ थियो ।
आज आइतवार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद पन्तले राजनीतिक दलहरूले नागरिकलाई पुनर्विश्वास दिलाउनुपर्ने बताउनुभयाे ।
उहाँले भन्नुभयो, ‘राजावादीहरूसँग सवालजवाफ गरेर मात्रै पुग्दैन । लोकतन्त्रमा हामी सच्चिनुपर्छ । जसले गल्ती गरेका छन्, ती नेताहरू सच्चिनुपर्छ । पार्टीहरू सच्चिनुपर्छ । दलहरूले नागरिकलाई पुनर्विश्वास दिलाउनुपर्ने आवश्यकता छ ।’
सांसद पन्तले राजनीतिक दलहरूले नागरिककाे बीचमा जाने कामलाई तीव्रता दिनुपर्ने पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।