हमासको आक्रमणमा परेको इजराइललाई अमेरिकाले नयाँ सैन्य सहयोग दिने सम्भावना

 असोज २२, २०८० सोमबार ६:४९:३२ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले हमासको आक्रमणपछि इजराइलका लागि नयाँ सैन्य सहयोगको घोषणा गर्ने सम्भावना रहेको बताउनुभएको छ । अमेरिका इजराइलका लागि निकट सहयोगी र हातहतियारको प्रमुख आपूर्तिकर्ता हो ।  इजराइलले गरेको विशेष अतिरिक्त आग्रहलाई आफूहरुले हेरिरहेको अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले बताएकाे सीएनएनले जनाएको छ । आक्रमणहरूको सामना गर्न यो क्षणमा इजराइललाई आवश्यक पर्ने सबै कुरा उपलब्ध गराउँछौँ भन्ने सुनिश्चित गर्नु राष्ट्रपति जो बाइडेन को निर्देशन रहेको पनि उहाँले उल्लेख गर्नु भएको छ ।

अमेरिका इजरायलको पक्षमा छ । यसैबीच, इरानका राष्ट्रपति इब्राहिम रइसीले प्यालेस्टिनी लडाकु समूह हमास र इस्लामिक जिहादका नेताहरूसँग छुट्टाछुट्टै कुराकानी गर्नु भएको छ । उहाँहरुबीच टेलिफोनमा कुराकानी भएको तर थप विवरण सार्वजनिक नगरिएको इरानी सञ्चारमाध्यमले जनाएका छन् । इरानले इजरायलमाथि आक्रमण गर्ने हमास समूहलाई समर्थन गरेको छ ।

इजरायलमा हमासको आक्रमणबाट सात सय भन्दा धेरै जनाको ज्यान गएको छ । यस्तै, प्यालेस्टाइनतर्फ चार सय भन्दा धेरैको ज्यान गएको बीबीसीले जनाएको छ । अस्ति शनिवार बिहान हमास विद्रोहीले इजरायलमा एक्कासी आक्रमण गरेपछि शुरु भएको युद्ध अहिले पनि चलिरहेको छ । दुवै पक्षबाट क्षेप्यास्त्र प्रहार सहित स्थलमार्गबाट गोलावारी भइरहेको बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया