इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले म्यानचेस्टर सिटीलाई हरायो

 असोज २२, २०८० सोमबार ९:११:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले म्यानचेस्टर सिटीलाई हराएको छ । इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले सिटीलाई १–० ले हराएको हो । आर्सनलका लागि ग्याब्रियल मार्टिनेलीले खेल सकिन चार मिनेट बाँकी हुँदा गरेको गोल नै जितका लागि निर्णायक बन्यो।

सिटीलाई हराउँदै आर्सनल दोस्रो स्थानमा उक्लिएको छ । आर्सनलले ८ खेलबाट २० अङ्क जोडेको छ भने शीर्ष स्थानको टोटेनह्यामसँग अङ्क बराबरी गरेको छ । म्यानचेस्टर सिटी १८ अङ्क सहित तेस्रो स्थानमा छ । यस्तै, अर्को खेलमा ब्राइनट र  लिभरपुल तथा वेस्ट ह्याम र न्युक्यासलले २–२ गोलको बराबरी खेलेका छन् । वुल्भ्स् र एस्टोन भिल्ला भने एक एकको बराबरीमा रोकिएका छन् ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया