श्रमबजारमा महिलाको योगदानबारे अध्ययन गर्ने अर्थशास्त्रीलाई नाेबेल पुरस्कार

 असोज २२, २०८० सोमबार १६:१०:४१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अर्थशास्त्री क्लाउडिया गोल्डिनले पाउनुहुने भएको छ । नोबेल पुरस्कार छनाेट समितिले श्रमबजारमा महिलाको योगदानबारे अध्ययन गर्ने महिला अर्थशास्त्री गोल्डिनलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

अर्थशास्त्री गोल्डिन हार्भर्ड विश्वविद्यालयमा प्राध्यापन गर्नुहुन्छ । अर्थशास्त्रतर्फ विजेताको नाम घोषणा भएसँगै यो वर्ष सबै विधातर्फ नोबेल पुरस्कार घोषणा गर्ने काम टुङ्गिएको छ । यो वर्षका विजेताहरूलाई आउँदो डिसेम्बर १० मा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र अर्थशास्त्रतर्फको पुरस्कार स्विडनको स्टकहोम प्रदान गरिन्छ । नोबेल शान्ति पुरस्कारको विजेताको चयन नर्वेमा गरिन्छ र पुरस्कार ओस्लोमा प्रदान गरिन्छ ।

प्रत्येक विधामा पुरस्कृत हुने व्यक्ति वा संस्थाले एउटा नोबेल डिप्लोमा, एउटा नोबेल पदक र नगद पुरस्कारमा नौ लाख ९० हजार अमेरिकी डलर पाउँछन् । यदि एकभन्दा बढी विजेता भएमा त्यही रकम उनीहरूबीच भाग लगाइन्छ ।

नोबेल पुरस्कार डिसेम्बर १० मा एउटा विशेष समारोह आयोजना गरेर वितरण गरिन्छ । डिसेम्बर १० मा अल्फ्रेड नोबेलको स्मृति दिवस पर्छ । अल्फ्रेड नोबेलले मृत्युअघि इच्छापत्र व्यक्त गरेअनुसार नोबेल पुरस्कारको स्थापना भएको हो । सन् १९६९ देखि सन् २०२२ सम्म ५४ वर्षमा ९२ जनालाई एकल वा संयुक्तरूपमा नोबेल पुरस्कार दिइसकेको छ ।

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया