इजरायलले गाजामा पानीको आपूर्ति रोक्यो, उत्तरी इजरायलमा पनि हवाई आक्रमणको चेतावनी

 असोज २२, २०८० सोमबार १८:२८:१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायलले गाजामा पानीको आपूर्ति बन्द गरेको छ । इजरायलका रक्षामन्त्रीले गाजापट्टि पूर्ण घेराबन्दी गर्न आदेश दिएकाे केही समयमै इजरायली सेनाले गाजामा पानीको आपूर्ति बन्द गराएको बीबीसीले जनाएको छ ।

इजरायलले गाजामा विद्युत्, खाद्यान्न लगायतको आपूर्ति पनि बन्द गर्ने जनाएको छ । इजिप्टले युद्ध शुरु हुनु अघिदेखि नै गाजामा पूर्ण नाकाबन्दी गरिरहेकोले अब गाजा क्षेत्रमा जीवनयापनका आधारभूत वस्तुहरू पनि बन्द हुनेछ ।

इजरायलको रकेट आक्रमणबाट गाजाका धेरैजसो भवनहरू भत्किएकाले त्यहाँका एक लाख २३ हजार जनाभन्दा धेरै मानिस आन्तरिक रूपमा विस्थापित भएका छन् । उनीहरूलाई सेल्टरमा राखिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

गएकाे शनिवार बिहान प्यालेस्टिन विद्रोही समूह हमासले एक्कासी इजरायलमा रकेट र स्थलगत आक्रमण गरेपछि शुरु भएको युद्ध अहिले पनि चलिरहेको छ । अहिलेसम्म दुवैतर्फ गरी १२ सय जनाभन्दा धेरैको ज्यान गएको छ । इजरायलतर्फ सात सयभन्दा धेरै र प्यालेस्टिनतर्फ पाँच सयभन्दा धेरैको ज्यान गएको बीबीसीले जनाएको छ ।

यसैबीच हमासको युद्धलाई समर्थन गर्दै इस्लामबादी लडाकु समूह हिजबुल्लाले लेबनानबाट उत्तरी इजरायलमा रकेट आक्रमण शुरु गरेको छ । अहिले उत्तरी इजरायलका सीमा क्षेत्रका सहरहरूमा हवाई आक्रमणको चेतावनी दिने साइरनहरू बजिरहेका बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया