बङ्गलादेशलाई हराउँदै काभा भलिबलमा नेपालकाे विजयी शुरुवात

 असोज २२, २०८० सोमबार २०:४८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालले काभा पुरुष भलिबल च्यालेन्ज कप २०२३ मा विजयी शुरुवात गरेकाे छ ।

श्रीलङ्कामा आज साेमवार बेलुकी भएकाे उद्घाटन खेलमा नेपालले बङ्गलादेशलाई ३–१ काे सेटले हरायाे । नेपालले पहिलाे सेट २५–२० जित्याे । यस्तै दाेस्राे सेट नेपालले २५–१९ ले गुमायाे । त्यसपछि तेस्राे र चाैथाे सेट क्रमशः २५–२३ र २५–२१ ले जित्याे । 

अब नेपालले असोज २३ गते श्रीलङ्कासँग, असोज २४ गते अफगानिस्तानसँग, असोज २६ गते साउदी अरेबियासँग र अन्तिम खेलमा असोज २७ गते उज्वेकिस्तानसँग खेल्नेछ ।

६ टोलीको सहभागिता रहेको च्यालेन्ज कप असोज २८ गतेसम्म चल्नेछ । राउन्ड रोबिन लिगपछि अङ्क तालिकाका शीर्ष दुई टोलीले फाइनल तथा त्यसपछिका दुई वटा टोलीले तेस्रो स्थानका लागि खेल्नेछन् ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया