अफगानिस्तानमा फेरि ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प

 असोज २४, २०८० बुधबार १०:२५:४८ | एजेन्सी
unn.prixa.net

अफगानिस्तानमा फेरि भूकम्प गएको छ । स्थानीय समयअनुसार बिहान ५ बजेर १० मिनेट जाँदा ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको बीबीसीले जनाएको छ ।

यसअघि गएको शनिवार पनि अफगानिस्तानकाे हेरात सहरदेखि २८ किलोमिटर उत्तरमा केन्द्रबिन्दु भएर ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको थियो । त्यो भूकम्पमा परेर एक हजार जनाभन्दा धेरैको ज्यान गएको छ ।

शनिवारको भूकम्पले हेरात सहरदेखि ४० किलोमिटर परका कयौँ गाउँहरू ध्वस्त पारेको थियो । आजको भूकम्पले पुर्याएको क्षतिका विवरण आउन  भने बाँकी छ । भूकम्पपीडितलाई खानेकुरा, कम्बललगायतका सामग्री अभाव भएको खबरमा उल्लेख छ । 

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया