पृथ्वीको तापक्रम बढ्दा बियरको स्वादमा पनि परिवर्तन भइरहेको अध्ययनको दाबी

 असोज २७, २०८० शनिबार २०:३३:५७ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – पृथ्वीको तापक्रम बढ्दा बियरको स्वादमा परिवर्तन भइरहेको वैज्ञानिकहरूले बताएका छन् । हालैको अनुसन्धानले बियरलाई छुट्टै तितो स्वाद दिने युरोपेली हप्स (फूल) को मात्रा घट्दै गएको देखाएको बीबीसीले जनाएको छ । यो पनि प्रक्षेपण गरिएको छ कि निकै तातो र लामो र गर्मीले स्थिति बिग्रन्छ र बियर महँगो बनाउन सक्छ ।

अनुसन्धान गरिरहेका वैज्ञानिकहरूले युरोपेली हप्स खेती गर्नेहरूलाई विभिन्न प्रविधि अपनाउन सल्लाह दिएका छन् । बियर युरोपेली संस्कृतिको एक महत्वपूर्ण भाग हो । बियर बनाउने प्रक्रियामा तितोपन प्रदान गर्न उमालेर हप्स थपिन्छ ।

अध्ययनले सन् १९७१ देखि १९९४ र १९९५ देखि १९९८ को बीचमा सुगन्धित हप्सको औसत मात्रा घटेको देखाएको छ । यस अवधिमा हप्सको उत्पादन २० प्रतिशतले घटेको बताइएको छ । कोरोना महामारीकाबीच सन् २०२० मा बियरको मूल्य १३ प्रतिशतले बढेको छ । युक्रेन संकटपछि ग्यास र अन्य इन्धनको मूल्य बढेपछि बियर पनि महँगो भएको छ ।

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया