विश्वव्यापी भोकमरी सूचकाङ्कमा नेपालको अवस्था ११ स्थानले सुधार

नेपालको अवस्था दक्षिण एसियामा भारत, पाकिस्तान र बङ्ग्लादेश भन्दा राम्रो

 असोज २९, २०८० सोमबार १४:१५:५७ | एजेन्सी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – विश्वव्यापी भोकमरीको सूचकाङ्कमा नेपालले ११ स्थान सुधार गरी ६९ औँ स्थानमा आएको छ । एक सय २५ देशको सूचीमा गएको वर्ष ८१ औँ स्थानमा रहेको नेपाल यस वर्ष ६९ औँ स्थानमा आएको हो ।

विश्वव्यापी भोकमरीबारे जानकारी दिने एउटा अन्तर्राष्ट्रिय प्रतिवेदन अनुसार नेपालको अवस्था सुधारोन्मुख र मध्यम खालको भोकमरी भएको देशको सूचीमा छ । शून्यदेखि एक सय अङ्कमा मापन गरिने सूचकाङ्कमा जसको अङ्क सबैभन्दा कम हुन्छ त्यसैलाई कम भोकमरी भएको देशको रूपमा लिइन्छ । नेपाल १५ अङ्कसहित एक सय २५ देशमध्ये ६९ औँ स्थानमा रहेकाे हाे । नेपालको अवस्था दक्षिण एसियामा भारत, पाकिस्तान र बङ्ग्लादेश भन्दा राम्रो देखिएको छ । भारतले भने प्रतिवेदन त्रुटिपूर्ण रहेको बताएको छ ।

आयरल्यान्डमा रहेको कन्सर्न वर्ल्डवाइड र जर्मनीमा रहेको वेल्टहङ्गर हिल्फे नाम गरेका दुई वटा संस्थाले प्रतिवेदन तयार पारेर सार्वजनिक गरेका हुन् । विश्व भोकमरी सूचकाङ्क (जीएचआई) मापनका लागि मुख्य चार वटा सूचकलाई आधार मान्ने गरिएको प्रतिवेदनमा उल्लेख छ । त्यस्ता सूचकहरूमा अल्पपोषण, पाँच वर्षमुनिका बालबालिकामा हुने दीर्घकालीन कुपोषण, बालबालिकाको उमेरअनुसार उचाइ नपुगेको अवस्था र बाल मृत्युदर छन् ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया