चीनको बेइजिङमा आजदेखि बीआरआई अन्तर्राष्ट्रिय सहकार्य मञ्च शुरु हुँदै

 असोज ३०, २०८० मंगलबार ७:२९:३३ | एजेन्सी
unn.prixa.net

चीनको राजधानी बेइजिङमा आजदेखि तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) शुरु हुँदैछ ।

दुई दिने फोरममा विश्वभरका एक सय ४० भन्दा बढी देशहरू र ३० भन्दा बढी अन्तर्राष्ट्रिय संस्थाहरूका प्रतिनिधिहरू सहभागी हुने चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

यस्तै, अन्तर्राष्ट्रिय संस्थाका प्रमुखहरू, विज्ञ र व्यापारीहरु समेत गरी अरु एक सय जनाभन्दा धेरै आमन्त्रित छन् । बीआरआई घोषणाको दशौँ वार्षिकोत्सव मनाउन चीनले तेश्रो बृहत् सम्मेलन आयोजना गरेको हो । बीआरएफ बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयन र प्रगतिबारे समीक्षा गर्न सम्मेलन आयोजना गरिएको हो ।

फोरममा बीआरआईको १० वर्षे उपलब्धि प्रतिवेदन प्रस्तुत हुनुकासाथै हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्चको नीति र प्रगतिबारे छलफल हुनेछ । तेस्रो बीआरएफमा पनि भारत सहभागी नहुने भएको छ । भारत यस अघिका दुवै फोरममा सहभागी भएको थिए ।

बीआरआईका कारण १ सय ३० भन्दा बढी देशको अर्थव्यवस्था खतरामा रहेको भन्दै भारतले विरोध गर्दै आएको छ । बीआरआई अन्तर्गत चीनले विभिन्न देशलाई ऋणको पासोमा पार्दै आएको भन्दै यसको विरोध भइरहेको छ । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया