बाइडेन भोलि इजरायल जाने, इजरायली सेनाको योजना र गाजामा मानवीय सहायताबारे जानकारी लिने

 असोज ३०, २०८० मंगलबार ८:२८:१७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्रपति जो बाइडेनले भोलि इजरायलको भ्रमण गर्नुहुने भएको छ । राष्ट्रपति बाइडेनले कोलोराडो भ्रमणको योजना रद्द गरेर इजरायल जान लाग्नुभएको अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

प्यालेस्टिनको विद्रोही समूह हमासले गरेको आक्रमणपछि इजरायलले गरिरहेको जवाफी आक्रमण र अबको योजनाबारेमा जानकारी लिन उहाँ इजरायल जान लाग्नुभएको हो । उहाँले गाजामा मानवीय सहायताको अवस्थाबारेमा पनि जानकारी लिने कार्यक्रम छ ।

यस्तै, बाइडेन इजरायल भ्रमणपछि मध्यपर्व सुरक्षाको बारेमा छलफल गर्न जाेर्डन जाने कार्यक्रम छ । इजरायली सेनाले गाजामा रकेट आक्रमण गरिरहेको छ । यस्तै, हमासले पनि सीमा क्षेत्रसहित इजरायलको राजधानी तेल अभिभमा रकेट प्रहार गरिरहेको छ । अहिले गाजा क्षेत्रको जनजीवन अस्तव्यस्त रहेको छ ।

इजरायलले रोकेको पानी, औषधि र खाद्यान्नको आपूर्ति पुनः खुल्ला गरे पनि सहज भएको छैन । गाजाका १० लाखभन्दा धेरै मानस विस्थापित भएका छन् । उत्तरी गाजाका प्राय: भवनहरु भत्किएका छन् । १० दिनदेखि चलिरहेको युद्धमा दुवै तर्फका गरी ४ हजार १ सय ५० जनाभन्दा धेरै मारिएका छन् ।

यस्तै, गाजामा भत्किएका भवनमा एक हजार जनाभन्दा धेरै मानिस पुरिएका बीबीसीले जनाएको छ । 

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया