अपडेट : गाजाको एक अस्पतालमा भएको आक्रमणमा ५ सय जनाको ज्यान गएको अनुमान

 कात्तिक १, २०८० बुधबार ८:५९:५ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – गाजा क्षेत्रको एक अस्पतालमा भएको रकेट आक्रमणमा ५ सय जनाको ज्यान गएको अनुमान गरिएको छ । गाजाको स्वास्थ्य विभागले इजरायली आक्रमणमा परेर अल– अहली अरब अस्पतालमा रहेका झण्डै ५ सय जनाको ज्यान गएको दाबी गरेको हो । तर,  इजरायलले यो दाबीको खण्डन गरेको छ ।

अस्पतालमा आफूले आक्रमण नगरेको बताएको इजरायलले हमासलाई आरोप लगाएको छ । हमासले प्रहार गरेको रकेट असफल हुँदा अस्पतालमा विस्फोट भएको इजरायलले दाबी गरेको बीबीसीले जनाएको छ । हमासले यो घटनालाई युद्ध अपराध भनेको छ ।

यो अस्पतालमा सयौँ बिरामी, घाइते र विस्थापितहरु बस्दै आएका थिए । विस्फोट पछि उनिहरुमध्ये सयौँ व्यक्ति अस्पतालको भग्नावशेषमा पुरिएका  जनाइएको छ । अस्पतालका अनुसार त्यहाँ झण्डै चार हजार जनाले शरण लिएका थिए ।

प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले यो आक्रमण इजरायलले गरेको पुष्टि भए सन् २००८ पछिकै सबै भन्दा घातक आक्रमण हुने जनाएको छ । विश्व स्वास्थ्य संगठनले अस्पतालमा भएको आक्रमणको भत्सर्ना गरेको छ । 

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया