मूलपानीमा क्रिकेट 'क्रेज' (तस्बिरहरू)

 कात्तिक १, २०८० बुधबार १९:७:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले विजयी शुरुवात गरेकाे छ । आज बुधवार मूलपानी क्रिकेट मैदानमा भएकाे खेलमा नेपालले यूएईलाई ७ विकेटले हरायाे । 

नेपालकाे जितमा कप्तान राेहित पाैडेलले अर्धशतक बनाए । उनी ४० बलमा ५१ रन बनाउँदै नटआउट रहे । यस्तै दीपेन्द्रसिंह ऐरी ३४ रनमा नटआउट रहे । यूएईले दिएकाे १ सय ४१ रनकाे लक्ष्य नेपालले १८ ओभर ५ बलमा भेटायाे ।

मूलपानीमा नेपाल र यूएईबीचकाे खेल हेर्न उल्लेख मात्रामा समर्थककाे उपस्थिति रहेकाे थियाे । हातमा राष्ट्रिय झण्डा बाेकेका समर्थककाे सङ्ख्या पनि बाक्लै थियाे । पछिल्लाे समय नेपाली क्रिकेट टिमले समर्थककाे भरपूर माया पाउँदै आएकाे छ ।

आजदेखि शुरु भएकाे शृङ्खलाकाे फाइनल खेल कात्तिक १० गते हुनेछ । शृङ्खलामा नेपाल, यूएई र हङकङ छन् ।

 

तस्बिर : क्यान

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया