सर्वसाधारण हताहत हुन नदिन अमेरिकाले इजरायलसँग मिलेर काम गर्नेछ : बाइडेन

 कात्तिक १, २०८० बुधबार १९:३५:३३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा सर्वसाधारणको ज्यान जान नदिन अमेरिकाले इजरायलसँग मिलेर काम गर्ने बताउनुभएको छ ।

तेल अभिभमा नेतन्याहुको युद्ध क्याबिनेटलाई भेटेपछि अमेरिकी राष्ट्रपति बाइडेनले भन्नुभयो, ‘आफ्ना नागरिकको रक्षाका लागि काम गर्नका लागि हामी इजरायललाई सहयोग जारी राख्नेछौँ । हामी निर्दोष नागरिकलाई थप त्रासदी रोक्नका लागि तपाईँ र यस क्षेत्रका साझेदारहरूसँग काम जारी राख्नेछौँ ।’ तेल अभिभमा नेतन्याहुको युद्ध मामिला हेर्ने उच्चस्तरीय समितिसँग भेटेपछि अमेरिकी राष्ट्रपति बाइडेनले भन्नुभयो । 

प्रतिक्रियामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सर्वसाधारणले ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिन प्रयास गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । नेतन्याहुले बाइडेनसँग भन्नुभयो, ‘इजरायलले युद्धमा नागरिकलाई हानीको अवस्थाबाट टाढा राख्न सक्दो प्रयास गर्नेछ । हामीले उनीहरूलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेका छौँ र हामी उनीहरूलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिरहनेछौँ । न्यूनतम आवश्यकता पूरा भएको सुनिश्चित गर्न हामी तपाईँसँग मिलेर काम गरिरहनेछौँ ।’ 

इजरायली हवाई अभियानलाई उत्प्रेरित गरेको र गाजा पट्टीमा जमिनी आक्रमणको खतरा बढेपछि बाइडेनले इजरायलको ऐक्यबद्धता भ्रमण गर्न लाग्नुभएको हो । 

भ्रमणको पूर्वसन्ध्यामा गाजाको एक अस्पतालमा भएको आक्रमणमा ५ सय जनाभन्दा धेरैको ज्यान गएको हमास नियन्त्रित गाजा पट्टीका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । उनीहरूले आक्रमणका लागि इजरायललाई दोषी ठहराएका छन् जसले अरब विश्वमा आक्रोश फैलाएको छ । 

विश्व समुदायले चासो व्यक्त गरेपछि नेतन्याहुले अस्पतालमा भएको आक्रमणबारे भन्नुभयो, ‘पूरै विश्व नै आक्रोशित भएको छ । तर यो आक्रोश इजरायलप्रति होइन, आतङ्कवादीहरूप्रति लक्षित हुनुपर्छ ।’

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया