इजरायलले इजिप्ट हुँदै गाजा क्षेत्रमा जाने सहायतालाई नरोक्ने

 कात्तिक २, २०८० बिहीबार ६:३१:२७ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – इजरायलले इजिप्ट हुँदै गाजा क्षेत्रमा जाने सहायतालाई नरोक्ने जनाएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयका अनुसार प्यालेस्टिनी क्षेत्रमा खाद्यान्न, पानी र औषधि मात्र प्रवेश गर्न दिइने छ । इजरायलले अमेरिकी राष्ट्रपति जो बाइडेनको आग्रहलाई ध्यानमा राख्दै मानवीय सहायता आपूर्तिमा अवरोध नगर्ने जनाएको हो ।

तर, विद्रोही समूह हमाससम्म सहायता सामग्री पुग्न नहुने इजरायलको शर्त छ । यसैबीच, अमेरिकाले हमासका एक प्रमुख कमाण्डरसहित १० सदस्य, सहयोगी र वित्तीय सहजकर्तामाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया