सहायता सामग्री पुर्‍याउन गाजा क्षेत्रमा सीमा खोल्ने सम्झौता

 कात्तिक २, २०८० बिहीबार १२:४:२३ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धग्रस्त गाजामा अत्यन्त जरुरी मानवीय सहायता पुर्‍याउन अनुमति दिने एक सम्झौता शुरु गर्नुभएको छ । इजराइलमा प्रत्यक्ष भेटवार्ता र इजिप्टसँग टेलिफोन वार्तापछि इजिप्टबाट गाजामा सहायता पुर्‍याउन भोलिदेखि सीमित सङ्ख्यामा ट्रकहरूलाई अनुमति दिइने बाइडेनले बताउनुभयो । गएको असोज २० गते अर्थात अक्टोबर ७ तारिख यता गाजामा प्रवेश गर्ने यो पहिलो अन्तर्राष्ट्रिय राहत हुनेछ ।

अक्टोबर ७ तारिखमा प्यालेस्टिनी विद्रोही समूह हमासले इजराइलमा आक्रमण गरेपछि द्वन्द्व चर्किएको छ । एक हजार चार सय भन्दा धेरैको ज्यान गएको अनुमान छ भने झण्डै दुई सय जनालाई हमासले बन्धक बनाएको आशंका छ । हमासको आक्रमण पछि इजराइलले गाजा क्षेत्रमा लगातार आक्रमण गरिरहेको छ ।

संयुक्त राष्ट्रसङ्घ र मानवतावादी समूहहरूले गाजामा सैन्य पकडलाई कम गर्न पानी, खाद्यान्न, इन्धन र औषधिहरूको आपूर्तिको अनुमति दिन आग्रह गरेका छन् । 

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया