बङ्गलादेशले भारतलाई दियाे २ सय ५७ रनकाे लक्ष्य

 कात्तिक २, २०८० बिहीबार १८:२९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा बङ्गलादेशले भारतलाई २ सय ५७ रनकाे लक्ष्य दिएकाे छ ।

पुनेमा टस जितेर ब्याटिङ गरेकाे बङ्गलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५६ रन बनायाे । बङ्गलादेशका लिटन दासले सर्वाधिक ६६ रन बनाए । यस्तै तन्जिद हसनले ५१, महमुदुल्लाहले ४६ र मुशफिकर रहिमले ३८ रन बनाए । बलिङतर्फ भारतका जसप्रीत बुमराह, माेहम्मद सिराज र रवीन्द्र जडेजाले २/२ विकेट लिए ।

भारत ३ खेलमा तीनै खेल जितेर ६ अङ्कसहित तालिकाकाे दाेस्राे स्थानमा छ । बङ्गलादेश उति नै खेलमा १ खेल जितेर २ अङ्कसहित छैटाैँ स्थानमा छ ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया