पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेटमा भारतले बङ्लादेशलाई ७ विकेटले हराएको छ । गएराति पुनेमा भएको खेलमा भारतले बङ्लादेशलाई हराएको हो ।
बङ्लादेशले दिएको २ सय ५७ रनको लक्ष्य भारतले ४१ ओभर ३ बलमै मात्र ३ विकेट गुमाएर भेट्टायो । भारतका लागि विराट कोहलीले १ सय ३ रनको शतकीय पारी खेले ।
यस्तै, सुभमन गिलले ५३ रनको अर्धशतकीय पारी खेले भने कप्तान रोहित शर्माले ४८ रन बनाए । त्यसैगरी, केएल राहुल ३४ र श्रेयस ऐरले १९ रनको योगदान गरे ।
बङ्लादेशका मेहदी हसन मेराजले २ तथा हसन महमुदले १ विकेट लिए । त्यसअघि ब्याटिङ गरेको बङ्लादेशले ८ विकेटको क्षतिमा २ सय ५६ रन बनाएको थियो ।
बङ्लादेशका लागि लिटोन दास र तान्जिद हसनले अर्धशतकीय पारी खेले । लिटोनले ६६ र तान्जिदले ५१ रनको योगदान गरे । यस्तै, महमुदुल्लाहले ४६ र मुश्फिकुर रहिमले ३८ रनको योगदान गरे । अन्यको प्रदर्शन खासै उल्लेख्य रहेन । भारतमा जसप्रित बुम्राहा, मोहमद सिराज र रबिन्द जडेजाले २–२ विकेट लिए ।
सार्दुल ठाकुर र कुलदीप यादवले एक/एक विकेट लिए । भारत चारमा चारवटै खेल जित्दै ८ अङ्क जोडेर तालिकाको दोस्रो स्थानमा छ । समान ८ अङ्क रहेको न्युजिल्यान्ड रनरेटका आधारमा शीर्ष स्थानमा छ । चार खेलमा एक खेल मात्रै जितेको बङ्लादेश सातौँ स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।