इन्डोनेसियाको प्रख्यात पर्यटकीय क्षेत्र बाली टापुमा खडेरी, पिउने पानीको अभाव

 कात्तिक ३, २०८० शुक्रबार ९:३१:१६ | एजेन्सी
unn.prixa.net

खडेरीका कारण इन्डोनेसियाको प्रख्यात पर्यटकीय क्षेत्र बाली टापुमा आपतकालीन सतर्कता घोषणा गरिएको छ ।

१४ दिनसम्म आपतकालीन सतर्कता घोषणा लागू हुने त्यहाँको सरकारले जनाएको छ । बाली प्रान्तका कार्यवाहक गभर्नर साङ मेड महेन्द्रले १४ दिन अगाडि विपद् आपतकालीन पूर्वतयारीको स्थिति कायम गर्ने निर्णय गरेको बताउनु भएको छ ।

बालीमा जुलाईदेखि अक्टोबरसम्ममा शुद्ध पिउनेपानीको अभाव भएको छ । जङ्गलमा आगलागी भएकाले स्थिति प्रतिकूल बनेको बाली प्रान्तका कार्यवाहक गभर्नर महेन्द्रले बताउनु भएको छ ।  खडेरी परेका क्षेत्रमा सहयोग उपलब्ध गराउने र मौसमलाई अनुकूल पार्न आवश्यक उपकरण तयार गर्नेलगायतका काम अगाडि बढाएको उहाँको भनाइ छ । 
 

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया