एसीसी यू–१९ प्रिमियर कप : सेमिफाइनलमा नेपालले जापानसँग खेल्ने

 कात्तिक ३, २०८० शुक्रबार १७:१४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – एसीसी यू–१९ प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपालले जापानसँग खेल्ने भएकाे छ ।

नेपाल समूह 'ए' र जापान समूह 'डी' काे विजेता बन्दै सेमिफाइनल पुगेका हुन् । नेपाल र जापानबीचकाे खेल भाेलि शनिवार हुनेछ । नेपालले इरानलाई २ सय ७४ रन, बहराइनलाई ७ विकेटले र साउदी अरेबियालाई ३ सय १ रनले हराउँदै समूह विजेता बनेकाे थियाे । यस्तै जापानले समूह विजेता बन्ने क्रममा हङकङलाई डकवर्थ लुइस पद्धतिकाे आधारमा ५७ रन, इन्डाेनेसियालाई ९ विकेट र मलेसियालाई डकवर्थ लुइस पद्धतिकाे आधारमा ६ विकेटले हराएकाे थियाे ।

प्रतियाेगिताकाे दाेस्राे सेमिफाइनलमा समूह 'बी' काे विजेता यूएई र समूह 'सी' काे विजेता सिङ्गापुरबीच प्रतिस्पर्धा हुनेछ । याे खेल पनि शनिवार नै हुनेछ ।

एसीसी यू–१९ प्रिमियर कप प्रतियाेगिताकाे फाइनल खेल आउँदाे मङ्गलवार हुनेछ । प्रतियाेगिताकाे शीर्ष ३ मा पुग्ने टाेलीले आउँदाे डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछन् ।

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया