हमास विद्रोही समूहले बन्धक बनाएका दुई अमेरिकी नागरिक बन्धकमुक्त

 कात्तिक ४, २०८० शनिबार ६:४३:२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

असोज २० गते इजरायलमा आक्रमण गरेर झण्डै दुई सय जनालाई बन्धक बनाएको प्यालेस्टिन विद्रोही समूह हमासले दुई जना अमेरिकी नागरिकलाई रिहा गरेको छ ।

अमेरिकी नागरिकहरु जुडिथ र नताली रनानलाई हमासले मुक्त गरेको बीबीसीले जनाएको छ । उनीहरु आमाछोरी हुन् ।

इजरायलका प्रधानमन्त्रीको कार्यालयले निकालेको विज्ञप्तिमा हमासको कब्जाबाट मुक्त गरेको उल्लेख छ । उनीहरुलाई हमासले गाजा क्षेत्रबाटै बन्धकमुक्त बनाएको हो । उनीहरु आफन्त भेट्न गएको बेला अक्टोबर ७ अर्थात् असोज २० गते हमासको कब्जामा परेका थिए ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले विज्ञप्ति निकालेर दुई अमेरिकी नागरिक रिहा भएको खबरले अत्यन्तै खुशी भएको भन्दै उनीहरुले चाँडै आफन्त भेट्ने बताउनुभएको छ । अमेरिकी नागरिकलाई बन्धकमुक्त बनाउन समन्वय गरेको भन्दै उहाँले कतार र इजरायलको सरकारलाई धन्यवाद दिनुभएको छ ।

असोज २० गतेदेखि चलिरहेको हमास–इजरायल युद्धमा पाँच हजार पाँच सय जनाभन्दा धेरैको ज्यान गइसकेको छ ।   
 

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया